सोमबार, मंसिर २३, २०७६

आयशाले जितिन् पुम्सेमा स्वर्ण पदक

काठमाडौं, मंसिर १६  : काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्।

सोमबार पुम्सेमा ३० वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गरेकी शाक्यले ७.९४० अंकका साथ स्वर्ण पदक जित्न सफल भएकी हुन्।

स्वर्ण पदक हात पार्ने क्रममा आयशाले भारतीय खेलाडी प्राजाकितालाई पछि पारेकी हुन्। दोस्रो भएकी प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० अंक प्राप्त गरेका थिए। 

आयशा तेक्वान्दोमा दुई फरक विधामा स्वर्ण जितेर साग इतिहास कीर्तिमानी कायम गरिन्।  यसअघि सन् २०१० मा भएको ११ औँ सागमा आयशाले  ग्योरुगी (फाइट) मा पनि स्वर्ण जितेकी थिइन्। 

 Published Date: Monday, 2nd December 15:55:15 PM