शुक्रबार, असार १९, २०७७

शेयर बजार : नेप्सेमा दोहोरो अंकले घट्यो

काठमाडौं, असार १५ : सय दिनपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १२ दशमलब ८७ बिन्दुले घटेर एक हजार १८८ दशमलब ७० मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ४ दशमलब ०३ बिन्दुले घटेर २४५ दशमलब २९ मा पुगेको छ। नेप्सेका अनुसार कूल १४७ कम्पनीका १४ लाख ४४ हजार १७३ कित्ता शेयर ४८ करोड ५३ लाख १५ हजार ६२७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। कारोवार खुल्नेबित्तिकै ठूलो बिन्दुले ओरालो लागेको बजार पुनःसम्हालिएको हो। 

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ। व्यापार ३९ दशमलब ३४, उत्पादन १०२ दशमलब ९८, अन्य २० दशमलब ०६ र जीवन बीमा २३७ दशमलब ६२ ले बढेको छ। बैंकिङ २५ दशमलब २२, होटल २६ दशमलब ४४, विकास बैंक ६३ दशमलब ०६, जलविद्युत् १३ दशमलब ३४, फाइनान्स ४ दशमलब ०९, निर्जीवन बीमा १०१ दशमलब ४६, लघुवित्त ३९ दशमलब ३७ र सामूहिक लगानी कोष ० दशमलब ०५ बिन्दुले घटेको छ। 

नेप्सेका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको तीन करोड ५७ लाख १० हजार ७४० रुपैयाँ बराबरको कारोवार भयो। यस्तै हिमालयन डिस्टिलरी तीन करोड ४६ लाख ९९ हजार ९७२ रुपैयाँ, एनआइसी एशिया तीन करोड २९ लाख २७ हजार ७४२ रुपैयाँ, नबिल बैंक दुई करोड ५२ लाख ३० हजार १०० रुपैयाँ, एनएमबी बैंक दुई करोड २७ लाख ७० हजार ५८४ रुपैयाँ, शिवम् सिमेन्ट दुई करोड तीन लाख ५८ हजार ७०१ रुपैयाँ र नेपाल बैंक एक करोड ६८ लाख ६७ हजार ९२० रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे। 

यस्तै नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले आज ९ दशमलब ९९ प्रतिशतले कमाउँदा हिमालयन डिस्टिलरी ९ दशमलब ९६, नेपाल इन्भेस्टमेन्ट बैंक ९ दशमलब ९४, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ९ दशमलब ८०, शिवम् सिमेन्ट ८ दशमलब ५०, गुडबिल फाइनान्स ६ दशमलब ८२ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ५ दशमलब ९५ प्रतिशतले कमाए। त्यस्तै स्वावलम्ब लघुवित्त वित्तीय संस्था ९ दशमलब ९९, नेपाल पुनःबीमा कम्पनी ९ दशमलब ९०, आशा लघुवित्त वित्तीय संस्था ९ दशमलब ९०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९ दशमलब १६, साञ्जेन जलविद्युत् कम्पनी ८ दशमलब ७५ र अपि पावर कम्पनीका लगानीकर्ताले ८ दशमलब ६२ प्रतिशतले गुमाए। 

 Published Date: Monday, 29th June 18:57:34 PM