बुधबार, फागुन ७, २०७६

बिर्यानीका पारखीका लागि लेकसाईडमा ‘द बर्गर एन्ड बिर्यानी हाउस’

पोखरा, माघ २ : पर्यटकीय नगरी पोखरामा बिर्यानीका पारखीहरुलाई लक्षित गरि ‘द बर्गर एन्ड बिर्यानी हाउस’ खुलेको छ।

पोखराको हल्ल्नचोक नजिकै लेकसाईडम ा‘द बर्गर एन्ड बिर्यानी हाउस’ सञ्चालन भएको हो। शुपथ मूल्यमा चिकेन, मटन र हैद्रावादी दम बिर्यानीको स्वाद लिन पाइने जनाएको छ।

युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले सञ्चालनमा ल्याएको बिर्यानी एन्ड बर्गर हाउसमा बिर्यानी र बर्गरबाहेक अन्य इन्डियन, चाईनिज, कन्टिनेन्टल नेपाली परिकार पनि उपलब्ध रहेका छन।

रेस्टुरेन्टका सञ्चालक ईश्वर काप्री नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकहरुलाई स्वस्थ्य र जिब्रो लोभ्याउने परिकारहरु पस्किन नयाँ रेस्टुरेन्ट सञ्चालन गरेको बताए।

 

 Published Date: Thursday, 16th January 12:30:54 PM