शुक्रबार, चैत्र २८, २०७६

धनुषाधाममा एनआईसी एशियाको शाखा सरु

काठमाडौ, फागुन ६ : धनुषाधाममा एन आई सी एशिया बैंकको नयाँ शाखाको उद्घाटन भएको छ।

 ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालय फागुन ६ गते औपचारीक रुपमा उद्घाटन गरेको हो। धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरिएको छ। 

उक्त नगरपालिकाका मेयर बालेश्वर मण्डलले नयाँ शाखाको उद्घाटन गरे । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज र सरल हुने विश्वास बैंकले लिएको छ। 
 

 Published Date: Tuesday, 18th February 18:47:31 PM