बुधबार, साउन २१, २०७७

धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, असार ३० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५ दशमलब ०४ अंकले उकालो लागेर एक हजार ३४७ दशमलब ४४ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलब ९५ ले वृद्धि भई २४८ दशमलब १८ मा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए। कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ। 

बैंकिङ ४ दशमलब ०९, होटल ५५ दशमलब २९, जलविद्युत् २ दशमलब ९५, लघुवित्त ६४ दशमलब ९४ र सामूहिक लगानी कोष ० दशमलब १२ ले वृद्धि भएको छ। यस्तै व्यापार १४५७, विकास बैंक १ दशमलब ६९, वित्त ४ दशमलब ७५, निर्जीवन बीमा ६ दशमलब ४१, उत्पादन २३ दशमलब ९७, अन्य २ र जीवन बीमा १९ दशमलब ४३ले घटेको छ। 
    
कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर ११ करोड १० लाख १२ हजार २४३ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै एनएमबी बैंक ६ करोड ८६ लाख ८८ हजार १७६ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड एक लाख ६३ हजार ५३४ रुपैयाँ, एनआइसी एशिया चार करोड ७६ लाख ४२ हजार ४०६ रुपैयाँ, छिमेक लघुवित्त विकास बैंक चार करोड ११ लाख ८८९ रुपैयाँ, साना किसान विकास बैंक तीन करोड ९९ लाख ८० हजार ६४७ रुपैयाँ, हिमालयन डिष्टिलरी तीन करोड ६५ लाख ८२ हजार ६१६ रुपैयाँ र नविल बैंकको शेयर दुई करोढ २३ लाख ५९ हजार ३३० रुपौयाँमा कारोबार भयो। 

आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सामान १०÷१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फण्ड–२ ९ दशमलब ९९, नेपाल सेवा लघुवित्त ९ दशमलब ९७, घोडाघोडी लघुवित्त ९ दशमलब ९५, गुराँस लघुवित्त ९ दशमलब ९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९ दशमलब ८० र नविल इक्विटी फण्डका लगानीकर्ताले ९ दशमलब ०३ प्रतिशतले कमाए। 

यस्तै समृद्धि फाइनान्स कम्पनी ६ दशमलब ६७, राधी विद्युत् कम्पनी ५ दशमलब ०३, युनाइटेड फाइनान्स ४ दशमलब ०७, मल्टीप्रपोज फाइनान्स ३ दशमलब ६७, विसाल बजार कम्पनी ३ दशमलब ६६, हिमालयन पावर पार्टनर ३ दशमलब ६२, माउन्टेन हाइड्रो ३ दशमलब ६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलब ०२ प्रतिशतले गुमाए।

 Published Date: Tuesday, 14th July 16:09:29 PM