बिहीबार, असोज ३०, २०७६

अष्ट्रेलियासँग हवाई सम्झाैता, नेपालले चार शहरमा उडान गर्न पाउने

सम्झौतामा हस्ताक्षरपछि सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको शहरी मन्त्रालयका क्षेत्रीय निर्देशक जियोम अल्फ। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, असोज १४ : नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भएको छ। क्यानडामा जारी अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)को मन्ट्रियलमा हवाई सम्झौता भएको हो। सम्झौतामा नेपालले सातामा सात उडान गर्न पाउने उल्लेख छ। 

विगत लामो समयदेखि नेपाल र अष्ट्रेलियाले यो प्रक्रिया अगाडि बढाएपनि सम्झौता हुन सकेको थिएन। अष्ट्रेलियासँगको सम्झौतासँगै हवाई सम्झौता भएका मुलुक ४० वटा पुगेका छन्।

सम्झौतामा नेपालका एयरलाइन्सले उडान गर्न चाहेमा सिड्नी, मेलबर्न, पर्थ र ब्रिसवेन शहरमा उडान गर्न पाउने छन्।