मंगलबार, भदौ ३, २०७६

भिभान्ता होटलमा ‘ट्रेल अफ कबाब’ फेस्टिबल

काठमाडौं, असार ३१ : काठमाडौंमा कबाब पारखीलाई ध्यानमा राख्दै ललितपुरको झम्सीखेलस्थित भिभान्ता होटलमा ‘ट्रेल अफ कबाब’ फेस्टिबल आयोजना हुने भएको छ। १९ जुलाईदेखि २८ जुलाईसम्म चल्ने फेस्टिबलमा १० किसिमका कबाब पाइने छ।

परम्परागत मटन र भेंडाको मासुलाई सामान्य तापमा पोलेर वा पकाएर बनाइने मासुको चोक्टा कबाब हो । कबाबमा ससाना काटिएका मासुका टुक्रा, समुद्री खाद्य, तरकारी र फलफूल पनि हुन्छ।

कबाबमा अधिकांश प्रयोग गरिने वस्तु बिफ र चिकेन हो । आजभोलि त्यसलाई तारमा पोल्ने, रोस्ट गर्ने, उसिन्ने गरिन्छ । र त्यसलाई सलाद, तरकारी, रोटी, चामल र चटनीसँग खाइन्छ।

भिभान्ता काठमाडौंले शताब्दीयौं पुरानो परिकारलाई मिन्टमा पस्किने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको जनाएको छ।  फेस्टिवलमा आउनेले प्रतिव्यक्ति एक हजार ५ सय र अल्कोहल खान परे ५ सय रुपैयाँ थप गर्नुपर्ने छ। अल्कोहलमा बियर र ह्विस्कि राखिएको छ।

काठमाडौंमा धेरै भारतीय पर्यटकको आगमन भइरहेका बेला भिभान्ताले कबाब फेस्टिवलको आयोजना गरेको हो । मेलामा भारतीयसँगै नेपालीहरुले पनि विषेश चासो राख्ने अपेक्षा भिभान्ताको छ।

 

 Published Date: Tuesday, 16th July 14:17:02 PM