बिहीबार, असार १८, २०७७

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित

काठमाडौं, चैत्र ९ : कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए ।

सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन गरेको हो । सबै अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ ।

नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । उडान र अवतरण गर्दा गर्दा ९० हाराहारी हुँदै आएका थिए ।

 Published Date: Sunday, 22nd March 07:52:17 AM