शनिबार, साउन ३१, २०७७

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असार १० : बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ पुगेको छ।  

मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पाँच सय रुपैयाँ बढेको हो। बुधबार पाँच सय रुपैयाँ बढेपछि सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको छ।

त्यस्तै चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 Published Date: Wednesday, 24th June 13:57:00 PM