सोमबार, असार २२, २०७७

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, फागुन ६ : नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ पुगेको छ।
गत पुस २३ मा ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यलाई तोड्दै आज नयाँ रोकर्ड कायम गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

नेपाली सुनचाँदी व्यवासायी महासंघले सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ । 

महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य आठ सय ९० रुपैयाँ पुगेको छ। 

 Published Date: Tuesday, 18th February 17:21:31 PM