
काठमाडौं, असार ३० : नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ तोकेको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।