बिहीबार, असोज ३०, २०७६

साँढे दुई महिनामा १७ अर्ब मात्रै विकास बजेट खर्च

काठमाडौं, असोज १६ : आर्थिक वर्ष पहिलो साँढे दुई महिनामा विकास बजेट खर्च ३.७८ प्रतिशत मात्रै भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट मार्फत ४ खर्ब ८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएपनि निकै निराशाजन रुपमा १७ अर्ब २१ करोड रुपैयाँ मात्रै खर्च भएको छ।
 
त्यस्तैगरी चालु खर्च भने १५.५५ प्रतिशत खर्च भएको छ । ९ खर्ब ५७ अर्ब रुपैयाँ खर्चको लक्ष्य राखिएकोमा साँढे दुई महिनामा १ खर्ब ४८ अर्ब रुपैयाँ खर्च भएको छ।
 
त्यस्तैगरी सरकारले राजश्व संकलनको लक्ष्य पनि १६.४३ प्रतिशत मात्रै भएको छ ।  साँढे दुई महिनामा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । बजेट मार्फत सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको थियो । 


 

 Published Date: Friday, 4th October 15:54:28 PM