बिहीबार, चैत्र २०, २०७६

नयाँ आयोजना नपाएपछि सम्पन्न हुँदै गरेका पुरानै समावेश

उर्जामन्त्री वर्षमान पुन । | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, चैत २६ : नयाँ आयोजना नपाएपछि पुरानै आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएको छ। निर्माण अन्तिम चरणमा पुगेका आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा तानिएको छ।

विगतमा नयाँ आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा राख्ने बताइएको थियो। तर, तत्काल नयाँ नपाउने देखेपछि निर्माण सम्पन्न हुन लागेको आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा राखेको हो। 

उर्जामन्त्री वर्षमान पुनले माथिल्लो सान्जेन जलविद्युत, सान्जेन जलविद्युत र रसुवागढी जलविद्युत आयोजनालाई सरकारले जनताको जलविद्युत कार्यक्रममा समावेश गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। अन्य थप आयोजना गरेर २१ आयोजना जलविद्युत कार्यक्रममा समावेश गरिएको उर्जामन्त्री पुनले बताए।

नयाँ राख्ने भने पनि राम्रा आयोजना जनतासम्म पुर्‍याउन समावेश गरेको मन्त्री पुनको दावी छ। विगतमा तामाकोशी–५ लाई जनताको जलविद्युत कार्यक्रममा राखेर दोस्रो आवेदन माग्ने घोषणा गरिएको थियो। उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले तीन वटा आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरेर सर्वसाधारणालाई सेयर जारी गर्न लागेको जानकारी दिएको छ।

आगामी वैशाख ६ देखि १० सम्म माथिल्लो सान्जेन, सान्जेन जलविद्युत आयोजना र रसुवागढी आयोजनाको सर्वसाधारणका लागि साधारण सेयर जारी गरिने भएको छ।

माथिल्लो सान्जेन आयोजना १४.८ मेगावाट, सान्जनेको ४२.५ मेगावाट र रसुवागढी १११ मेगावट क्षमता रहेको छ। सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निश्काशन गर्न लागिएको हो । दुइटै सान्जेन आयोजन भने क्यासकेड आयोजनको रुपमाको रुपमा अगाडि बढाएको छ।

 Published Date: Tuesday, 9th April 14:23:08 PM