शुक्रबार, चैत्र २८, २०७६

चल्ला र दानाको बढेको मुल्य फिर्ता गर्न माग गर्दै किसानले घेरे उपभोक्ता विभाग

काठमाडौं, फागुन ६ : ह्याचरी र दाना उद्योगीसँग सरकार मिलेर चल्ला र दानाको मूल्य बढाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार उद्योग वागिज्य तथा उपभोक्ता हित संरक्षण विभाग घेराउ गर्दै उनीहरुले पटक/पटक कालोजारीबारे जानकारी गराउँदा पनि विभाग मौन बसेको आरोप लगाएका छन् । 

कुखुरापालक कृषक संघर्ष समितिले साना किसानमाथि योजनाबद्ध रुपमा कहिले कुखुराको मुल्य घटाउने, कहिले दानाको मुल्य बढाउने षड्यन्त्र भइरहेको जनाएको छ । 

माघ ११ देखि १८ गते ८ गतेको बीचमा एउटा चल्लामा ३० रुपैयाँ मूल्यवृद्धि भएको लिखित उजुरी दिँदासमेत वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कुनै चासो नदेखाएको समितिका संयोजक विष्णु खड्काले बताए । ६५ प्रतिशत भन्दा बढि किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्रीको मूल्य निर्धारणमा किसानको पहुँच नहुँदा मालिक र किसानबीच ठूलो अन्तर भएको उनको भनाई छ । 

बढाइएको चल्ला तथा दानाको मूल्य तत्काल फिर्ता गरेर सर्वपक्षीय पोल्ट्री गोलमेच सम्मेलनको माग समितिले गरेको छ । 
 
माग पुरा नभए किसानहरुले प्रतिरोधपूर्ण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

 Published Date: Tuesday, 18th February 14:20:47 PM