मंगलबार, साउन २०, २०७७

कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोडको बजेट

काठमाडौं, असार १ : कर्णाली प्रदेश सरकारले गत वर्षको तुलनामा करिब ५० करोड कम आकारको बजेट ल्याइएको छ। प्रदेशले आगामी आर्थिक  वर्ष ०७७/ ७८ को लागि ३३ अर्ब ७४ करोड रुपौयँको बजेट ल्याएको हो।

सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ।

बजेटमा आगामी आर्थिक वर्षमा करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ।

 Published Date: Monday, 15th June 13:37:41 PM