बिहिबार, असोज १५, २०७७

सांसद यशोदाले च्यात्नु पर्छ भनेको स्वस्थानीको पानामा के छ?

काठमाडौं  फागुन २ : गत मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले स्वास्थानीका केही पानाहरु च्यात्नुपर्ने धारण राखिन्। 

उनको अभिव्यक्तिले सामाजिक संजाल तात्यो। कतिले हिन्दु धर्म र संस्कृतिमाथि असर पर्ने खालको अभिव्यक्ती दिएको भन्दै सामाजिक संजालमा गालीको वर्ष नै गरे। तर, उनले च्यात्नु पर्छ भनेको स्वास्थानी कथाको पानामा के थियो त?

सांसद यशोदाले स्वस्थानीमा महिला विरुद्ध उल्लेखित कुरा यसरी राखेकी थिएन :

छाउपडी जस्तो कुरिती र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न नेपाल सरकार गुह मन्त्रालयले छाउगोठ भत्काउने अभियान चलाएको छ । यो स्वागत योग्य कुरा हो । शदिऔंदेखि नेपाली महिलालाई जगडेर राखेको यो कुरिती भत्काउन केवल छाउ गोठ भत्काउने कार्यमात्र प्रयाप्त हुँदैन । बारीमा भएको गोठमात्र होइन मानिसको मन मस्तिकमा भएको छाउ गोठ भत्काउन जरुरी छ। 

के गाउँ ? के शहर ? के पश्चिम ? के पूर्व ? सवै ठाउँको छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनिति दल, नागरिक समाज सवैको संयक्त प्रयास र सशक्त अभियानको खाँचो छ । जसले छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस् । छाउजस्तो  परम्परा र संस्कारलार्ई मजबुतपार्ने स्वास्थानी ब्रत कथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यान्न सकेस । सरकारलाई यस तर्फ ध्यानआर्कषक गराउन सकोस। 

भिडियाे हेर्नुहाेस्

धार्मिक मुल्य मान्यताको आधारमा महिलालाई कुप्रथा, गलत परम्पराहरु सिकाईरहेको छ। स्वस्थानीमा पुरुषलाई गाली गरे वा मुख लागे लाटी हुने, पुरुषको बचन नमाने पापी हुने, पुरुषसँग लुकाई खाए कुकुनी हुने, पुरुषसँग द्रोह गरे गोहीहुने, महिनावारी भएको समयमा छोए कुरुपहुने जस्ता धेरै कुरा लेखिएको छ। 

उनले संसदमा स्वस्थानी किताबमा लेखिएका हरफहरु सुनाएकी थिईन्। धर्मको आडमा महिलामाथि हुने शोषण र दमनको बारेमा बिचार व्यक्त गरेकी थिइन् । स्वास्थानीमा महिलालाई कस्तो पात्र बनाइएको छ र त्यसले महिला हिंसालाई कसरी प्रशय दिएको छ भनी प्रस्ट पार्न खोज्दा विरोध भएको उनी बताउँछिन् । ‘हाँडीमा कनिका हुनजेल राडीलाई निन्द्रा लाग्दैन’ स्वस्थानीमा उल्लेख भएका यस्ता उखान टुक्काले महिलामाथि कुव्यवहार गरेको छ। 

यस्ता कुराहरु बोल्न र लेख्नमा प्रयोग नगरियोस भनेर पटक पटक कुरा भनिदै आएपनि कायन्वयनमा नआएको उनले बताइन्।  ‘मानिसहरु धर्मसँग डराउँछन’, उनले भनिन्, ‘धर्मले् जे भन्यो त्यो सत्य हो भन्ने मानिसकता मानिसमा छ । यस्ता कुराले कुप्रथा कायम रहिरहने भएकाले स्वस्थानी कथा किताबको उक्त पाना च्यात्नुपर्ने आवश्यकता रहेको मैले बताएकी हुँ।’ 

उनले आफ्नो अभिव्यक्तीलाई प्रस्ट पार्दै भनिन्, ‘महिलालाई कुप्रथाबाट मुक्ति दिनको लागि हाँगा मात्र काटेर हुँदैन ।  जरैदेखि काट्नुपर्छ । ती जरा हाम्रो धार्मिक ग्रन्थमा गडेर बसेको छ, त्यो सच्याउनु आवश्यक छ।’ 

उनले सूदुरपश्चिम प्रदेशमा कायम छाउपडी प्रथाको उदाहरण दिँदै भनिन्, ‘सूदुरपश्चिमका महिलाका पीडा हेर्नुहोस न छाउ गोठ भत्कइएपनि महिलाहरु महिनावारीको समयमा घर बाहिरै बसे । अछाममा छाउगोठ भतकाउन गएका प्रहरीमाथि कुटपिट गरे । यसले के बुझाउँछ भने छाउ गोठ भत्काएरमात्र हुँदैन, छाउ बार्नुपर्छ भनेर निर्देशन दिने धार्मिक अन्धविश्वास भत्काउन सक्नुपर्छ।’

महिनावारीको समयमा  बार्नुपर्ने परम्परालाई प्रोत्साहन गर्ने स्वस्थानी ब्रतकथाको पाना च्यातीयो भनेमात्र महिलामाथि निर्देशन दिने पात्रको अन्त्य हुने उनको भनाई छ । तत्कालै विभेद हटाउन नसकेपनि महिलामाथि धर्मको नाममा गरिने हिंसा, अन्याय, कुरिती, कुसंस्कारलाई सच्याउनुपर्ने उनले बताइन् । धर्मले ल्याएको यस्ता कुरालाई नसच्याए महिला र पुरुषबीचको विभेद कहिल्यै अन्त्य नहुने उनको बुझाई छ। 

महिलालाई छाउपडीको पीडाबाट मुक्त गर्न सिकाउने माध्यम नै हटाउन उपर्युक्त हुँने भन्दै स्वस्थानी ब्रतकथाको उक्त पाना च्यात्नुपर्ने उनले बताइन्। 
 

 Published Date: Friday, 14th February 2020 1:06:51 pm