बिहिबार, असोज १५, २०७७

शिक्षण अस्पतालका थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३० :  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका थप आठ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार शिक्षण अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा थप आठ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु ७ जना नर्स र एक जना चिकित्सक रहेका छन्।  ‘शुक्रबार आएको रिपोर्ट अनुसार बिहान चार र दिउँसो चार गरी ८ जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको छ,’ उनले भने।

यसअघि बुधबार आकस्मिक कक्षका ६ जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ। 

 Published Date: Friday, 14th August 2020 9:45:12 am