कुटपिट गरेर श्रीमतीको हत्या

दमौली, चैत १७ : श्रीमानको कुटपिटबाट तनहुँको शुक्लागण्डकी–७ धारापानीकी फूलमाया नेपालीको मृत्यु भएको छ । कुटपिट गर्ने श्रीराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीरामले शुक्रबार पत्नी फूलमायालाई निर्घात कुटपिट गरेको थिए । कुटपिटबाट फूलमायाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । उनको शव घरमूनिको बारीमा भेटिएको छ।

फूलमायाका आफन्तले प्रहरीमा उजुरी दिएपछि श्रीरामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । अनुसन्धानका लागि थुनामा राख्न अदालतबाट म्याद थपिएको उनले बताए।

 

 Published Date: Sunday, 31st March 2019 12:05:01 pm