शुक्रबार, असोज १६, २०७७

सागमा इतिहास रच्ने नौ खेलाडी

काठमाडौं, मंसिर २५ : १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नौ जना नेपाली खेलाडीले इतिहास रचेका छन्।

मंगलबार सम्पन्न सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ। पदक तालिकामा १७४ स्वर्णसहित भारत पहिलो स्थानमा छ भने ५१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहेको छ।

भारतले १७४ स्वर्ण, ९३ रजत, ४५ कास्य पदक जितेको छ। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

त्यस्तै, जितेर श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कास्य, पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य, मालदिभ्सले एक स्वर्ण र चार कास्य तथा भुटानले सात रजत र १३ कास्य पदक जितेको छ।

नेपालले ५१ स्वर्ण जित्दा खेलाडीको प्रदर्शन सम्झनालायक रह्यो। त्यसमा पनि केहि खेलाडीले कीर्तिमान कायम गरे।

गौरिका सिंह

गौरिका सिंहले १३औं सागमा ऐतिहासिक सफलता हात पारिन्। उनले एकै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाउँदा लगातार चार सागमा चार स्वर्ण जितेका दिपक विष्टको कीर्तिमान बराबरी गरिन्।

गौरिकाले नेपालको सर्वाधिक सफल खेलाडीको रुपमा जारी सागमा आफूलाई उभ्याउन सफल भइन्। गुहाटीमा भएको १२औं सागमा एक रजत र तीन काश्य जितेकी गौरिकाले घरमा भएको १३औं सागमा चार स्वर्णसहित दुई रजत र तीन काश्य पदक जितिन्। दुवै सागमा उनले १३ पदक जित्न सफल भएकी छन्। यस अघि कुनै खेलाडी यति पदक जितेका छैनन्।

आयशा शाक्य