शनिबार, असार २७, २०७७

क्यामराले डोर्‍याएको हिमालका चुचुरा चुम्ने यात्रा

पूर्णिमा श्रेष्ठ।

सानै देखि पत्रकार बन्ने सपना थियो। त्यही सपना पच्छाए र बने फोटो पत्रकार।

सुरु सुरुमा रिर्पोटिङमा जाँदा क्यामेरा बोक्ने सबै पत्रकार पुरुषहरु मात्रै देखिन्थे। दिनहुँ देखिने यस्तै दृश्यले मनमा पश्न उठ्यो,  ‘म अझ शशक्त फोटो पत्रकार बन्नुपर्छ?’

पहाडमा जन्मेको म, हिमाल र पहाडको फोटो खिच्न औधि रुचाउँथे। 

कारोबार दैनिकमा फोटो पत्रकारको रुपमा काम गरेपछि पनि मसँग हिमालका फोटो खिचेको अनुभव थिएन्। जन्मेको घरबाटै हिमाल देखिएपनि नजिकबाट नियाल्ने मौका पाएको थिईन्। 

नेपाल भन्ने वित्तिकै विदेशीहरुले गर्ने पहिलो प्रश्न हो, ‘सगरमाथामा गएको छ ?’ सुरु सुरुमा जवाफ दिनु पर्थ्याे– छैन्।

एक दिन मलाई हिमाल नजिकबाट नियाल्ने सोच आयो। तर कसरी?

हिमाल हेर्ने मात्रै होइन क्यामेरामा कैद गर्ने मेरो सपनालाई साकार बनाउन छुट्टि लिएर भएपछि हिमालतिर जाने योजना बनाए। भनिरहनै परेन, एउटा फोटो खिच्ने र अर्को हिमालको काखमा रमाउने उद्धेश्य बनाए। 

राजधानीदेखि हिमालको फोटो खिच्न जान मलाई कम्तीमा एक हप्ता समय लाग्थ्यो। तर, छुट्टि मिल्छ वा मिल्दैन टुंगो थिएन। 

तर, एकदिन खबर सुनेँ, प्रत्येक वर्ष सगरमाथाको काखमा एभरेष्ट म्याराथुन हुने गर्छ। मेरा लागि त्यो कार्यक्रमले अफिसको असाईनमेन्ट पनि पुरा हुने र मेरो हिमाल हेर्ने इच्छा पनि पुरा हुने दोहोरो फाइदा थियो।