प्याराग्लाइडर दुर्घटनामा फेरि एकको मृत्यु

फाइल फोटो

पोखरा, फागुन २१ : पोखरामा मंगलबार फेरि प्याराग्लाइडर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सराङकोटबाट उडेको प्याराग्लाइडर केहीबेरमै खसेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, उडेको केहीबेरमै प्याराग्लाइडर सराङकोटमै खसेको थियो । दुर्घटनामा प्याराग्लाइडिङ पाइटलको मृत्यु भएको हो । उनको नाम खुलेको छै ।

यस अघि आईतबार पनि सराङकोटबाट उडेको प्याराग्लाइडर फेवातालमा खसेको थियो । दुर्घटनामा रोमानियाका प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको थियो ।

त्यस्तै, सोमबार पनि एउटा प्याराग्लाइडर दुर्घटना भएको थियो । प्याराग्लाइडर रुखमा अड्किएको थियो । स्थानीय बासिन्दाले प्याराग्लाइडिङ पाइलटलाई रुखबाट उद्धार गरेका थिए ।

 Published Date: Tuesday, 5th March 2019 1:50:15 pm