प्याराग्लाइडिङ दुर्घटनामा विदेशी नागरिकको मृत्यु

पोखरा, फागुन १९ : पोखरा महानगरपालिका– १८ स्थित सारङकोटबाट उडेको प्याराग्लाइडिङ आईतबार फेवा तालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।

आज बिहान ११ः१७ बजे सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवा तालमा खसेको थियो । दुर्घटनामा रोमानियाका ४२ वर्षीया एडे–सिस जेडिआरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार, ल्यान्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवामा खसेको थियो । दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । उनको उद्धार गरेर पोखरास्थित मेट्रोसिटी हस्पिटल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 Published Date: Sunday, 3rd March 2019 12:56:41 pm