सोमबार, मंसिर २३, २०७६

कराँते र तेक्वान्दोले फर्काएको नेपालको स्वर्ण विरासत

काठमाडौं, मंसिर १६ : १३ औं साग नेपालमा आयोजना गर्दैगर्दा सर्वाधिक बढी अपेक्षा कराँते र तेक्वान्दोमै थियो। किनकि १२ औँ सागमा नेपाल तीन स्वर्णमा सीमित भएको थियो। त्यसको कारण थियो, तेक्वान्दोको पुम्से विधा नहुनु।

नेपालमा १३ औँ साग हुने भएपछि सर्वाधिक खुसी कराँते र तेक्वान्दोका खेलाडी भए। कराँते लामो समयपछि आफ्नो विरासत जोगाउने अभियानमा रहँदा तेक्वान्दो भने दक्षिण एसियाली खेलमा नयाँ विधाका रुपमा रहेको पुम्सेतर्फ केही उपलब्धि हासिल गर्न सकिन्छ कि भन्ने अपेक्षामा थियो।

नेपालको खेलको सधैं प्रशंसा भएपनि वास्तविक परीक्षणबाट पुम्से टाढा नै थियो। त्यसैले १३ औं सागलाई उसले आफ्नो विरासत जोगाउने अभिभाराका रुपमा लियो। जसअन्तर्गत उद्घाटनपछि अर्थात सागको दोस्रो दिन पुम्सेतर्फको १३ स्वर्णको टुंगो हुँदै थियो। जसमा नेपाल पुरुष व्यक्तिगततर्फ तीन उमेर समूहको प्रतिस्पर्धामा नेपालले एकमा स्वर्ण पदक हात पार्‍यो। 

नेपालका लागि सर्वाधिक खुसीको क्षण भने महिला खेलाडीले दिए। महिलाका सबै व्यक्तिगत स्पर्धामा स्वर्ण आयो। अर्थात तीनमध्ये सबै तीनमा जित निकाल्दै क्लीन स्वीप गर्‍यो। १७ वर्षमाथि र २३ वर्षमुनिको उमेर समूहमा १९ वर्षीय सीना लिम्बुले बाजी मार्दै व्यक्तिगत दुई स्पर्धामा जित निकाल्ने पहिलो महिला बनिन्। 

२३ वर्षमाथि र २९ वर्षमुनिको उमेर समूहमा स्वर्ण पदक जिताउँदै पार्वती गुरुङले विरासतलाई कायम राख्दा आयशाले इतिहास बनाउँदै सबै तीनै महिला व्यक्तिगत स्पर्धामा स्वर्ण पक्का गरे।

युगल पुम्सेतर्फ पनि आयशा र सञ्जीवकुमार ओझाले शानदार प्रदर्शन गरे। उनीहरुले यो स्पर्धामा एक मात्र स्वर्ण दिलाए। जसले आयशालाई नेपालकै सफल महिला खेलाडीको दर्जामा पुर्‍यायो। उनी सागमा तीन स्वर्ण र एक रजत जित्ने एक्लो महिला खेलाडीका रुपमा रहिन्। 

टिमतर्फ पनि नेपालको प्रदर्शन उच्च रह्यो। १७ वर्षमाथि र २३ वर्षमुनिको उमेर समूहमा नेपालले स्वर्ण जित्न सफल भयो। नेपालको जितमा निशा दर्नाल,  स्वस्तिका तामाङ्ग र सञ्जिला तिमल्सिनाको टिमले स्वर्ण जित्दै टिममा पनि दबदबा बनायो।

त्यस्तै, २३ वर्षमाथिको उमेर समूहमा नेपालले सातौं स्वर्ण आफ्नो पक्षमा पार्‍यो। नेपाललाई स्वर्ण दिलाउने टिममा निता गुरुङ्ग, प्रशंसा क्षेत्री र सुशीला राई रहे।

कराँतेको दबदबा

कराँतेले सोमबार सात स्वर्ण आफ्नो नाममा पार्दै नेपाललाई एकैदिन दोहोरो स्वर्ण अंकमा पु¥याउन ठूलो भूमिका खेल्यो।  कुमुतेको व्यक्तिगत कातामा मण्डेकाजीले स्वर्ण जिते।

यसअघि टिम कातामा पनि उनले स्वर्ण जितेका थिए। उनको दुई स्वर्णसँगै कराँते टिम काता महिला, कराँते टिम काता पुरुष, ५५ केजी पुरुषतर्पm लक्ष्मण तामाङले बाजी मारे। त्यस्तै, विप्लवलाल श्रेष्ठ, महिलातर्पm अनु अधिकारी र कुसुम खड्काले स्वर्ण जिते।

क-कसले जिते स्वर्ण ?

१. मण्डेकाजी श्रेष्ठ (कराँते)
२. टिम काता महिला (कराँते)
३. टिम काता, पुरुष (कराँते)
४. लक्ष्मण तामाङ (कराँते)
५. विप्लवलाल श्रेष्ठ (कराँते)
६. अनु अधिकारी (कराँते)
७. कुसुम खड्का (कराँते)
८. कमल श्रेष्ठ (तेक्वान्दो)
९. सीना मादेन लिम्बु (तेक्वान्दो)
१०. पार्वती गुरुङ (तेक्वान्दो)
११. आयशा शाक्य (तेक्वान्दो पुम्से)
१२. आयशा शाक्य र सञ्जिव कुमार ओझा (तेक्वान्दो)
१३. १७–२३ वर्ष टिम इभेन्ट (तेक्वान्दो)
१४. २३ वर्षमाथि टिम इभेन्ट (तेक्वान्दो)
१५. सोनी गुरुङ (ट्रायथलन)
 

 Published Date: Monday, 2nd December 22:57:00 PM