शुक्रबार, असोज ९, २०७७

कांग्रेसले संसद्मा अवरोध नगर्ने

काठमाडौं, माघ २० : डा.गोविन्द केसीको माग पूरा गर्न दवाव दिदै आएको कांग्रेसले आजदेखि संसद् अवरुद्ध नगर्ने भएको छ ।

डा.केसीले २४औ दिनमा अनशन तोडेपछि कांग्रेस पनि संसद् अवरुद्ध नगर्ने भएको हो । त्यस्तै गिरिजाप्रसाद कोइराला र सशुील कोइरालाका नाममा रहेको अस्पतालाई संघीय सरकार मातहत नै राख्ने सरकारले निर्णय गरिसकेको छ ।

यस अघि भने सरकारले तनहुँस्थित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको थियो । जसका कारण कांग्रेस विरोधमा उत्रिएको थियो ।

मुख्य माग पूरा भएको र डा.केसीले पनि अनशन स्थगित गरिसकेकाले संसद्मा अवरोध नगर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले आज दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । संसद्मा प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।

आज दिउसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले संबोधन गर्ने कांग्रेसले जनाएको छ ।

 

 Published Date: Sunday, 3rd February 2019 5:31:56 am