बिहीबार, असोज ३०, २०७६

यौन दुर्ब्यबहारमा आरोपित महरा पक्राउ

| तस्वीर:फाइल फोटो

काठमाडौँ, असोज १९ : यौन दुर्व्यहारमा आरोपित पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने भएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको थियो। 

संसद् सचिवालयमा कार्यरत नर्स रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकि थिइन् । 

गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ।

 Published Date: Sunday, 6th October 18:20:41 PM