शनिबार, चैत्र २२, २०७६

लकडाउनमा रोकिएको राजधानी (फोटोफिचर)

लकडाउनपछि सुनसान काठमाडाैं। | तस्वीर:रिवाज राई

काठमाडौं, चैत ११ : कोरोना भाइरसको संक्रमणबाट बच्च देशभर लकडाउन गरिएको छ। राजधानी काठमाडौंलगायत देशका प्रमुख शहरहरु सुनसान देखिएका छन्।

मंगलबार लकडाउनको पहिलो दिन काठमाडौं उपत्यका पनि सुनसान देखिएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यक सेवाबाहेका सवारी साधान चलेका छैनन्। औषधि, पेट्रोलियम पदार्थ, खाद्यानबाहेका पसल पनि बन्द छन्।

नेपालमा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस अघि चीनबाट आएका विद्यार्थी कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्।

पछिल्लो पटक फ्रान्सबाट आएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ।

चैत ४ गते फ्रान्सबाट आएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि देशभर नै लकडाउन गरिएको हो।

लकडाउनको पहिलो दिन काठमाडौका केही दृश्य