शनिबार, जेठ १७, २०७७

लकडाउनमा थप कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान पनि रोक

| तस्वीर:फाइल

काठमाडौं, चैत २२ : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार बसेका मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र उक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान पनि रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। 

‘कोरोना भाइरस नियन्त्रणका लागि लकडाउनलाई प्रदेश र स्थानीय तहमै थप कडाइ गर्ने निर्णयमा पुगेको छौं,’ उनले भने,‘लकडाउनलाई पूर्णरुपमा पालना गराउन प्रदेश र स्थानीय तहले समन्वय गरेर अघि बढ्ने छन्।’ 

उनले कोरोनाको संक्रमण न्यूनीकरणका लागि अस्वभाविकरूपमा आवागमनमा गर्न नदिने निर्णय गरिएको बताए। ‘कोरोना भाइरस न्यूनीकरणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमलाई रोक्ने निर्णय गरेका छौं। अस्वभाविक रुपमा हुने आवागमनलाई रोक्ने र कोरोनाको संक्रमण फैलिन नदिने उत्तम उपाय हो,’ उनले भने।

उनले लकडाउन लम्ब्याउने विषयमा निर्णय नभएको र छिट्टै अर्को बैठक बसेर त्यसबारेमा निर्णय गर्ने जानकारी दिए।

सरकारले पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरे पनि दोस्रो पटक थपेर चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय थियो। 

 Published Date: Saturday, 4th April 20:30:33 PM