शुक्रबार, फागुन १६, २०७६

के दिल्लीको सफलतापछि केजरीवालको पार्टी राष्ट्रियस्तरमा विस्तार होला?  

काठमाडौं, माघ २९ : आम आद्मी पार्टीले दिल्लीमा तेस्रो पटक पटक जितेपछि प्रश्न उठेको छ,  के अरविन्द्र केजरीवालको पार्टीले भारतको अर्को कुनै प्रदेशमा आफ्नो भाग्य चम्काउला?

 नोभेम्वर २०१६ मा दिल्लीको मुख्यमन्त्री निवासमा अरविन्द्र केजरीवालले बीबीसीसँग भनेका थिए, ‘२०१४ को लोकसभा परिणाम भन्दा केही राम्रो गर्ने प्रयास गर्नेछौं। आम आदमी पार्टीले दक्षिण र पूर्वोत्तर भारतमा समेत असर देखाउनेछ। किनकी जनता इमान्दारिता मन पराउँछन्।’ 

२०१४ को लोकसभा निर्वाचनमा आपले पन्जाबमा चार लोकसभा सिट जितेको थियो। जबकी दिल्लीका सात सिटमा उसका उम्मेदवार दोस्रो स्थानमा थिए। त्यो चुनावमा अरविन्द केजरीवाल वाराणसीमा भाजपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीसँग लडेका थिए। यद्यपी मोदीले उनलाई तीन लाख भन्दा धेरै भोटले हराएका थिए। तर भाजपाको गढमा त्यतिबेला केजरीवालले करिब २ लाख भोट पाउनु महत्वपूर्ण भएको बताइएको थियो।  

त्यसपछि केजरीवालको पार्टीले दिल्लीमा भाजपा र कांग्रेसलाई शुन्य बनाइदिएको थियो। ७० विधानसभा सिटमा ६७ सिट जित्दै आपले रेकर्ड बनाएको थियो। तर त्यसको लगत्तै आप भित्र मतभेदको अवस्था सिजर्ना भयो। योगेन्द्र यादव र प्रशान्त भुषण जस्ता नेतालाई पार्टीबाट निकालियो। र सन् २०१७ मा पन्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले हार व्यहोर्यो। 

बरिष्ठ पत्रकार प्रदीप सिंह भन्छन्, ‘पन्जाबमा केजरीवालको हारको एउटा ठूलो कारण उनले भनेका थिएनन् की उनको पार्टी प्रदेशमा जित्यो भने उनी आफैं दिल्ली छोडेर पन्जाबमा चुनाव लड्न आउँनेछन्। यदी उनले मतदातालाई भरोसा दिलाएका भए शायद आप हार्ने थिएन।’

रोचक त के छ भने त्यो चुनावमा कांग्रेसका अमरिन्द्र सिंहलाई उनै प्रशान्त किशारले सल्लाह दिइरहेका थिए, जो दिल्लीको चुनाव (२०२०) मा केजरीवालका सल्लाहकार थिए। 

त्यो हारपछि केजरीवालले २०१९ को लोकसभा चुनावमा राष्ट्रिय स्तरमा अघि बढ्ने कोसिस गरे। तर नतिजा निराशाजनक रह्यो। आप पार्टीले ९ राज्य र केन्द्र शासित प्रदेशमा ४० सिटमा चुनाव लड्यो र पन्जाब र संगरुर सिट बाहेक अन्य सिटनमा आपका उम्मेदवार हारे। दिल्लीका सबै लोकसभा सिटमा हार्नुका साथै आपका अधिकांश उम्मेदवार तेस्रो स्थानमा रहे। त्यसपछि अरविन्द्र केजरीवालले आफ्नो राजनीतिको स्टाइलमा जबरदस्त काम गरेका छन्।

राजनीतिक विश्लेषक पूर्णिमा जोशी भन्छिन्, ‘केजरीवालसँग भाग्य त छ, तर संगठन र पर्याप्त संसोधनको कमी गरेको छ। पहिलो पटक दुई पटक राष्ट्रिय स्तरमा हार्नु परेको छ। यद्यपी केजरीवाल महत्वकांक्षी व्यक्ति हुन् र दिल्लीको मोडल बनेर उसलाई राष्ट्रिय स्तरमा पेश जरुर गर्नेछन्। तर कहिले भन्ने टुंगो छैन।’

यो पनि सत्य कुरा हो की अरविन्द्र केजरीवाल र आम आदमी पार्टीले यो कुरा महसुस गरेका छन् की केवल भाजपा वा नरेन्द्र मोदीको हर फैसलामा तिखो टिप्पणी गरेर मात्र पुग्दैन। एनआरसी लागु गर्ने र नागरिकता कानूनको विरोध गर्न समेत केजरीवाल र आप पार्टीले संयमित प्रतिक्रियामा समय खर्च गरेका छन्।

 आम आदमी पार्टी जस्तै अन्य पाटीले समेत राष्ट्रिय स्तरमा जम्ने प्रयास गरेका छन्। पछिल्लो दशकलाई हेर्ने हो भने बहुजन समाजवादी पार्टी त्यसको उदाहरण हो। ‘सामान्यतया क्षेत्रीय पार्टीको विस्तार सहज हुँदैन। मायावतीलाई एक जमानामा अर्को प्रदेशमा समेत भोट आउँथ्यो। तर कहिलै पनि सरकार बनाउन सकेन। आजको मितिमा मायावती आफ्नै राज्य यूपीमै अस्तित्वको लडाइँ लडिरहेको छ,’ पूर्णिमा जोशी भन्छिन्।

प्रदीप सिंहले समेत अरविन्द्र केजरीवाल र मायावतीको पार्टीको तुलानात्मक समिक्षा गरेका छन्। ‘केजरीवालको राजनीतिक तरिका मायावतीसँग मिल्छ। जस्तो पार्टीमा आफु भन्दा ठूलो र शक्तिशाली कोही नहोस्। यही कुराले पार्टीलाई दोस्रो प्रदेशमा बलियो हुन दिँदैन। किनकी जब कसैले नेतृत्व विकास गर्छ भने अर्को प्रदेशमा आफु भन्दा बलियो र लोकप्रिय नेता होस् भन्ने केजरीवाल चाहाँदैनन्,’ उनी भन्छन्।  

तर केही जानकार भने केजरीवालले जसरी राजनीति सुरु गरेका थिए, बीचमा उनलाई धेरै झट्का लागेका छन्। तीनै तिता–मिठा अनुभवबाट पाठ सिक्दै एकपटक केजरीवाल राष्ट्रिय स्तरमा बढ्ने कोशिस गर्नेछन्। 

आपको राजनीनिक मोडलले दिल्लीबासीको दिमागमा जबरदस्त छाप छाडेको छ। जसको उदाहरण, ब्याक टु ब्याक चुनाव जित्नु हो। बिजनेस स्ट्यान्डर्ड पत्रिकाका सम्पादक अदिती पडनिस भन्छन्, ‘आपको यो जित ऐतिहासिक हो। तर अझै पनि मेहनतको आवश्यकता छ । भारतिय राजनीतिमा अहिले एक मजबुद र संगठित विपक्षी राजनीतिक पार्टीको स्थान खाली छ। तर त्यसका लागि जस्तो तयारी गर्न पर्छ त्यो कठिन मात्रै छैन त्यसको लामो प्रक्रिया समेत छ।’ 

त्यसो त पछिल्ला केही राज्यका चुनावमा मोदी–शाहको नेतृत्ववाला भाजपालाई धक्का लागेको देखिन्छ। मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, झारखण्ड र महाराष्ट्र यसका उदाहरण हुन्। तर २०१५ र २०२० को केन्द्रमा सरकार बनाएको भाजपालाई सबैभन्दा ठूलो झट्का आम आदमी पार्टीले दिएको छ। अब आप राष्ट्रिय स्तरमा पुग्न चाहान्छ। त्यसलाई भाजपाले निगरानी गर्नेनै छ। बरिष्ठ पत्रकार जति गान्धीले यससँग जोडिएका केही संकेत इशारा गरेका छन्। ‘यदी विपक्षी पार्टीको नजरले हेर्ने हो भने आप पार्टीले दिल्लीमा जितेको छ र यही प्रदेशमा सिमित रहोस्।’
बीबीसी हिन्दीबाट 

 Published Date: Wednesday, 12th February 15:46:39 PM