बिहीबार, साउन २९, २०७७

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोनाबाट मृत्यु

वीरगन्ज, साउन १६ : कोरोना भाइरसको संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मृत्यु भएको छ।

बिहीबार राति उपचारका क्रममा नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उनको मृत्यु भएको अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले बताए। उनी ५६ वर्षीय सीईओ भारतीत नागरिक हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते अस्पताल भर्ना भएका थिए। उनी मुटुसम्बन्धी रोगबाट पीडित रहेको डा.सिंहले बताए। यसअघि उनको मुटुको बाइपास शल्यक्रिया पनि भएको थियो।

बिहीबार उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। ‘शरीरमा अक्सिनको कमि भएपछि भेन्टिलेटरमा राखेका थियौं,’ अस्पतालका इन्चार्ज डा.सिंहले भने, ‘जति गर्दा पनि बचाउँन सकेनौं, राति ११ः३० बजे मृत्यु भयो।’

गण्डक कोरोना अस्पतालमा बिहीबार राति उनीसहित तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। उनीहरु वीरगञ्जकै ३५ वर्षीय युवक र ६५ वर्षीय बृद्ध रहेका छन्।

बिहीबार मृत्यु भएका तीन जनासहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ। अहिलेसम्म १९ हजार पाँच सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ।

 Published Date: Friday, 31st July 10:44:02 AM