शुक्रबार, असोज ९, २०७७

थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं, जेठ ९ : नेपालमा थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन्।

यस्तै, नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३  र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरु र १५ वर्षीया किशोरी, कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिकामा पनि कोरोनाको संक्रमण भेटिएको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए। 

उनका अनुसार सर्लाही गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी  २२, २२, २३, २४, २५, २५, २७, ३२, ३४, ३४, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीया किशोरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको अधिकारीले जानकारी दिए।  योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४८७ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

 Published Date: Friday, 22nd May 2020 3:26:24 am