मंगलबार, असार ३, २०७६

५० हजार डलरको लिड २०३० च्यालेन्ज बिजेता बोनिता शर्माको कथा (भिडियो स्टोरी)

| तस्वीर:रिवाज राई

काठमाडौं, जेठ २८ : बोनिता शर्मा काठमाडौंमा जन्मिइन्। यहीँ बढिन्, यहीँ पढिन् । जनस्वास्थ्यमा स्नातक र पोषणमा स्नातकोत्तर गरेकी छिन् उनले।

बोनिताकाे दायाँ हातमा दुइटा माला (‘ब्रेसलेट’) छ। हिजाेआज सधैँ लगाउँछिन् मालाका ती  ‘ब्रेसलेट । दुवै मालामा फरक–फरक छन्। उनले भनिन्, ‘एउटा ‘ब्रेसलेट’ पोषणसँग सम्बन्धित छ, जसले शिशुको सुनौला हजार दिनको अवधिलाई जनाउँछ। अर्को चाहिँ महिलाको रजस्वलाको अवधिलाई सम्झाउन सघाउछ।’ 

बोनिताले नेतृत्व गरेको सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) समूहका अभियन्ताले  महिलालाई एउटा र किशोरीलाई अर्को (ब्रेसलेट) दिन्छन्। अनि त्यसै अनुसार शिशुलाई सुनौला हजार दिनमा कुपोषणबाट जोगाउने उपाय सिकाउँछन्। किशोरीलाई आफ्नो माहिनावारीबारे चेतना जगाउँछन्। सोचाइले प्रवर्द्धन गरेको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज–२०१६ पुरस्कार पाएको थियो ।

यो पनि पढ्नुस्: नेपाली युवतीले जितिन् ५० हजार डलरको पुरस्कार

एक सय देशका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिनेर लिड २०३० च्यालेन्ज जितिन् उनले । जीतसँगै ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।  बाेनीताले कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी थिइन्।  ‘सोचाइ’ संस्थामा बोनितासहित नेहा मल्ल, आशुतोध्वज कार्की र मन्जिता राजोपाध्याय संस्थापक छन् ।

बाेनीता स्नातक गरेलगत्तै सात वर्षअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील छिन्। दिगो विकास लक्ष्यप्राप्तिको लागि वन वल्र्ड योङ्गले विश्व प्रतिष्ठित ब्राण्डहरुसंगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो।  

 

 Published Date: Tuesday, 11th June 16:15:19 PM