सोमबार, असोज २७, २०७६

विप्लवका चार कार्यकर्ताले दिनदहाडै प्रहरी टोलीमाथि सदरमुकाममै यसरी गरे गोली प्रहार

प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानहान भएको भोजपुर बजारको खटिया लाइन।

काठमाडौं, असार २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भोजपुर सदरमुकामस्थित भोजपुर बजारमा दिनदहाडै प्रहरी टोलीमाथि गोली प्रहार गरेर भागेका छन्।

आज बिहान पाँच जनाको प्रहरी टोली भोजपुर बजारको खटिया लाइनमा गस्तीमा रहेको थियो। सादा पोशाकमा रहेको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताको समूहले पछाडिबाट गोली हानेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।

विप्लवका ओखलढुंगा ईन्चार्ज निरकुमार राईसहित चार जनाको समूहले प्रहरी टोलीमाथि गोली हानेको जनाएको छ। पछाडिबाट गोली हानेपछि प्रहरी जवान सञ्जिव राई त्यही ढलेको प्रत्यक्षदर्शीले बताए। उनी ढल्ने वितिक्कै प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरेको थियो।

प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानहान भएको भोजपुर बजारको खटिया लाइन।

प्रहरीको गोली लागेर विप्लवका ओखलढुंगा ईन्चार्ज निरकुमार राई त्यही ढलेका थिए। त्यतिबेलै विप्लवका कार्यकर्ताले अर्का प्रहरी जवान खोमनाथ भट्टराईलाई पनि गोली हानेका थिए। उनी पनि घाइते भएका छन्।

दुवैतिरबाट केही बेर गोली हानाहान भएको थियो। प्रत्यक्षदर्शीका अनुसार, त्यसपछि प्रहरी र विप्लवका कार्यकर्ताको भागाभाग भएको थियो।

प्रहरी पनि घाइतेलाई छोडे भागेका थिए भने विप्लव कार्यकर्ता पनि घाइते ईन्चार्जलाई छोडेर भागेको जनाएको छ।

विप्लव कार्यकर्ता भागेपछि गोली लागेर घाइते भएका तीनै जनालाई प्रहरीले जिल्ला अस्पताल पु¥याएको थियो। चिकित्सकले प्रहरी जवान सञ्जिव राई र विप्लवका ओखलढुंगा ईन्चार्ज निरकुमार राईलाई तत्कालै मृत घोषणा गरेका थिए।

अर्का घाइते प्रहरी जवान खोमराज भट्टराईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

भोजपुर सदरमुकाममा पानी परिरहेको छ। वर्षाका कारण विप्लवका कार्यकर्ताको खोजी गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भोजपुर बजारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

याे पनि  : भाेजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, एक प्रहरी र विप्लवका जिल्ला नेताको मृत्यु

 Published Date: Wednesday, 10th July 13:00:25 PM