सोमबार, मंसिर २३, २०७६

भक्तपुरमा कांग्रेसका कृष्ण भँडेल विजयी

भक्तपुर–१ ‘ख’मा विजयी नेपाली कांग्रेसका कृष्ण भँडेल।

भक्तपुर, मंसिर १५ : प्रदेश सभा सदस्यका लागि भएको भक्तपुर–१ ‘ख’मा नेपाली कांग्रेसका कृष्ण भँडेल विजयी भएका छन्। यस अघि यो क्षेत्रमा नेकपाले जितेको थियो।

कांग्रेसका भँडेलले १३ हजार चार सय ४९ मत लिएर विजयी भएका हुन। उनका निकटतम प्रतिस्पर्धी नेकपाका देवीप्रसाद ढकालले ११ हजार दुई सय ६ मत मात्रै पाए।

त्यस्तै, नेपाल मजदुर किसानका पार्टी निरज लवजूले पाँच हजार २९ मत पाएका छन्। यसको औपचारिक घोषणा हुन भने बाँकी छ।

यो क्षेत्रमा कांग्रेस र राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।

 

 Published Date: Sunday, 1st December 11:29:58 AM