सोमबार, भदौ ३०, २०७६

यसरी फेरिए हावाहुरीले ध्वस्त तराईका बस्ती

हावाहुरीले ध्वस्त गरेकाे बाराकाे बस्ती गत चैत २१ मा (माथि) र नेपाली सेनाले पुन:निर्माण गरेकाे बस्ती। | तस्वीर:काठमाडौं प्रेस

बारा, भदौ १९ : हावाहुरीले एकैरात ध्वस्त भएका तराईका बस्तीले नयाँ स्वरुप पाएका छन्। नेपाली सेनाले गत चैत २१ गते ध्वस्त बस्तीलाई पुनःनिर्माण गरेर स्थानीय वासिन्दालाई हस्तान्तरण गरेको छ।

सेनाले हस्तान्तरण गरेका बारा र पर्साका घर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रमाणपत्र स्थानीय तहका प्रमुखलाई प्रदान गरेका छन्। सेनाले चार महिनामा आठ सय ६९ घर पुनःनिर्माण गरेको हो।

सरकारले हावाहुरीले क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनाको २८ नं. बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो।