बिहीबार, साउन २९, २०७७

बालुवाटारमा प्रदर्शनकारीमाथि धरपकड, २५ पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रदर्शनकारीलाई नियन्त्ररणमा लिँदै प्रहरी। | तस्वीर:रिवाज राई

काठमाडौं, साउन १६ : प्रधानमन्त्री निवास बालुवाटरअघि शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’का युवामाथि प्रहरीले धरपकड गरेको छ। प्रदर्शनमा उत्रिका २५ जनालाई नियन्त्रणमा लिएको छ।

कोरोना भाइरसको रोकथाममा सरकारले लापरबाही गरेको भन्दै ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाले प्रदर्शन गरेका हुन्। उनीहरु भ्रष्टाचार गर्नेलाई कारबाही गर्न र पीसीआर परीक्षण बढाउन माग गर्दै आएका छन्।