
बाजुरा, माघ २४ : पानी पर्न थालेसँगै बिहीबार बिहानैदेखि बाजुरामा हिमपात शुरु भएकाे छ ।
एकसाता अघि परेकाे हिउ पग्लिन नपाउँदै फेरी हिमपात शुरु भएकाे हाे । हिउँ पर्न थालेसँगै चिसाे बढेकाे छ । जनजीवन कष्टकर बन्न थालेकाे छ ।
बाजुरामा बुधबार साँझदेखि नै पानी पर्न थालेकाे थियाे । उच्च हिमाली क्षेत्रमा भने माघ पहिलाे सातादेखि नै हिमपात जारी रहेका छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा पनि आज बिहानदेखि फेरी हिउँ पर्न शुरु गरेकाे छ ।
वर्षा र हिमपातका कारण सडक अवरुद्ध बनेका छन् ।