मंगलबार, असोज १३, २०७७

हवाई उडान र लामो दुरीका यातायात भदौ १ देखि नखोल्न सिफारिस

काठमाडौं, साउन २५ : सरकारले हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ गतेसम्म सञ्चालन नगर्ने गरी निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

आइतबार बसेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले यसअघि भदौ १ गतेदेखि सुचारु गर्ने निर्णय परिमार्जन गर्दै भदौ १५ सम्म लम्वाउने मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो। 

यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

पछिल्ला दिनहरुमा कोरोना संक्रमण र मृत्यु दुवै बढ्न थालेपछि हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय समितिले गरेका हो। 

सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि लागु हुनेछ । 

सिसिएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय पनि गरेको छ

स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

 Published Date: Sunday, 9th August 2020 4:29:18 pm