बिहीबार, चैत्र २०, २०७६

‘माया के होला’ बन्दै

काठमाडौं, फागुन ५ : नेपली कथानक चलचित्र ‘माया के होला’ बन्ने भएको छ । अर्नभ फिल्म प्रोडक्शन र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहने चलचित्र किरण कार्कीले निर्माण गर्न लागेका हुन् । 

एक कार्यक्रबीच चलचित्रको शुभ मुहूर्त गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले क्यामेरा स्वीचअन गर्दै ‘माया के होला’को मुहूर्त गरेका थिए । यस्तै सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङले मुहूर्त सर्ट दिएका थिए ।

इन्द्र कार्कीको निर्देशनमा बन्न लागेको चलचित्रमा त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्ममा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बीरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरीलगायतको अभिनय गरेको छ । 

सुरज श्रेष्ठको द्वन्द्व, हरिष खनालको नृत्य रहेको चलचित्रलाई रामेश्वर हुमागाइँले खिच्ने छन् ।
 

 Published Date: Monday, 17th February 13:58:34 PM