
एजेन्सी
काठमाडौं, साउन १५ : बहुचर्चित बाहुबली फिल्मका निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
ट्वीटरमार्फत राजामौलीले आफू र परिवारका सदस्यलाई हल्का ज्वरो जचाउन जाँदा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्। रिर्पोट पोजेटिभ देखिएसँगै उनी अहिले होम–क्वारेटाइनमा बसेका छन्।
आरआरआर फिल्मको निर्देशनमा व्यस्त रहेका राजामौलीको नयाँ प्रस्तुति दिने तयारीमा छन्। यस फिल्ममा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको भूमिका रहनेछ।
My family members and I developed a slight fever few days ago. It subsided by itself but we got tested nevertheless. The result has shown a mild COVID positive today. We have home quarantined as prescribed by the doctors.
— rajamouli ss (@ssrajamouli) July 29, 2020