बिहीबार, असार २५, २०७७

अभिनेता ऋषि कपूरको सानदार बलिउड यात्रा

बलिउड अभिनेता ऋषि कपूर। | तस्वीर:एजेन्सी

नयाँ दिल्ली, वैशाख १९ : ऋषि कपूर जन्मजात नै अभिनेता थिए। उनी भर्खर टुकुटुकु हिड्ने वेला नै ऐना अगाडि उभिएर थरिथरिको अनुहार बनाउँथे।

कपूर परिवारमा प्रायः महफिलको कथा सुनाउने गरिन्थ्यो। एक साँझ राज कपूरले आफ्नो छोरालाई आफूले खाइरहेका ह्विस्की गिलासबाट एक घुट्की पिलाए। त्यसपछि ऋषिले ऐना अगाडि गएर जड्याहाको अभिनय गरेको थिए।

उनको अभिनयको सुरुआत बालापनदेखि नै भएको थियो। उनका हजुरबुवाको नाटक ‘पठान’मा कोक्रोमा एक बच्चा निदाएको देखिन्थ्यो, त्यो बच्चा कोहि नभएर ऋषि कपूर थिए।

‘मेरा नाम जोकर’ले राष्ट्रिय पुरस्कार

जब उनी मुम्बईको क्याम्पियन स्कुलमा पढिरहेका थिए, उनका बुवा राज कपूरले आफ्नो आत्मकथात्मक फिल्म ‘मेरा नाम जोकर’मा उनलाई बालाकको रोल दिएका थिए। जब ऋषि सुटिङको लागि स्कुल जादैन्थे, उनको शिक्षकलाई यो कुरा मन पर्दैन्थ्यो।

यसै नतिजाका कारण उनलाई स्कुलबाट निकालियो। त्यसपछि दोस्रो पटक छोरालाई स्कुल भर्ना गराउन राज कपूरले निकै दौडधुप गर्नुपरेको थियो।

यसै फिल्मका लागि उनलाई सर्वश्रेष्ठ बालकलाकारका रुपमा राष्ट्रिय पुरस्कार मिलेको थियो।

कपूर खानदानमा अभिनय गर्नको लागि यसरी विद्यालय छुटाएको धेरै घटना छन्। राज कपूरको भाइ शम्मी कपूरले आफ्नो पढाइ छोडेर शकुंतला फिल्मको सुटिङ सुरु गरेका थिए।

उनको अभिनयलाई धेरै पात्रका देख्न सकिन्छ। ‘हमतुम’ (२००४)मा रिसाएका पति होस् या ‘स्टुडेन्ड अफ द इयर’ (२०१२)को चञ्चल अध्यापक हो, चाहे ‘डीडे’ (२०१३)को  ‘डन’ या ‘अग्रिपथ’ (२०१२)को दलाल। ‘कपूर एन्ड सन्स’ (२०१६)मा नब्बे वर्षको बदमास बुढो होस या अरु उनले विभिन्न आयममा विभिन्न भूमिका निभाएका छन्।

‘बबी’ले राष्ट्रिय पहिचान

राज कपूरको फिल्म ‘बबी’ (१९७३)ले ऋषिलाई पहिलो पटक राष्ट्रिय पहिचान मिलेको थियो। राज कपूरले यस फिल्ममा उनलाई एक यस्तो पहिचानमा उतारेका थिए, जसले आउदो दुई दशकसम्म उनको साथ छोडेन्।