
काठमाडौं, असार १६ : बलिउड अभिनेत्री प्रियंका चोपडाले सुरुआति दिनमा आफूबाट पनि फिल्म खोसिएको बताएकी छन्। फिल्म खोसिँदा खुब रुन गरेको उनले सुनाएकी छन्।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हाबी परिवारवाद र नातावादका विषयमा चर्चा हुन थालेको छ। सुशान्तका प्रशंकले बलिउडमा हुने परिवादका कारण उनले आत्महत्या गरेको भन्दै आलोचना गर्दै आइरहेका छन्।
केही बलिउड कलाकारले पनि परिवारवादको विरोध गरेका छन्। उनीहरु पनि सुशान्तको निधनपछि बोल्न थालेका छन्।