मंगलबार, चैत्र १८, २०७६

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

| तस्वीर:फाइल

काठमाडौं, फागुन ५ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। 

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। उनका अनुसार अब पेट्रोल १०८, डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ थियो। 

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको प्रवक्ता गोइतले जानकारी दिए।

 Published Date: Monday, 17th February 19:57:35 PM