बिहीबार, चैत्र २०, २०७६

चलचित्र ‘बुलबुल’लाई पाँच अवार्ड

काठमाडौं फागुन ६ : नेपाली कथानक चलचित्र ‘बुलबुल’ले 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' (निफ)मा बेस्ट राष्ट्रिय फिल्म’ अवार्ड हात पारेको छ । पाँच विधामा अवार्ड पाएको चलचित्रको बेस्ट डाइरेक्टर/बेस्ट स्क्रिन राइटर विनोद पौडेल, बेस्ट लिडिङ एक्टर स्वस्तिमा खड्का र बेस्ट को–एक्टर लक्ष्मी बर्देवा बनेका छन् ।

यस्तै, बेस्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड टर्कीको ‘ट्राप’ले पाएको छ । स्पेसल जुरीमा ‘द अदर हाफ’ले पाएको छ । फिल्म ‘गोपी’ले स्पेसल जुरी अवार्ड हात पारेको छ । र, बेस्ट मेल एक्टरका लागि ‘गोपी’बाटै विपिन कार्कीले अवार्ड पाएका छन् । स्पेसल मेन्सन मेल एक्टर ‘बुलबुल’का मुकुन भुसाल बनेका छन् । सर्ट एन्ड डकुमेन्ट्री फिल्मबाट ‘को–हजबेन्ड’ले द माउन्टेन अवार्ड पाएको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्म प्रतिस्पर्धामा ‘नुरेह’ले ‘द वागमती’ अवार्ड पायो ।

बेस्ट नेसनल सर्ट फिल्म तथा बेस्ट राष्ट्रिय सर्ट फिल्म नेपालको ‘कलम’ले पायो । स्पेसल जुरी मेन्सन नेसनलतर्फ ‘जुनुको जुत्ता’ले अवार्ड पायो । स्पेसल जुरी मेन्सन अन्तर्राष्ट्रियको अवार्ड युक्रेनको ‘अन्ना’ले जित्यो ।

 Published Date: Tuesday, 18th February 12:11:06 PM