बिहीबार, चैत्र २०, २०७६

फागुन १५ मा विवाह गर्दै प्रियङ्का र आयुस्मान

काठामाडौं, फागुन २ः लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी नायिका प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् । फागुनमा विवाह गर्ने बताउँदै आएकी कार्कीले विवाहको मिति सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी हुन् । 

सामाजिक सञ्जाल इन्टाग्राममा उनलेफागुन १५ गते विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । विवाहको मिति  दुवैजनाको छलफलपछि तय भएको उनले बताएकी छिन् । 

 Published Date: Sunday, 16th February 13:04:14 PM