बिहीबार, माघ १६, २०७६

‘जामुनको रुख’ : कंकाल बनाउने व्यवस्थाकाे चिरफार

नाटक ‘जामुनको रुख’काे दृश्य।

काठमाडौं, पुस २९ : शरीरबाट प्राण छुट्न लागेको मानिसको श्वाससँग पनि कत्तिसम्म राजनीति गरिन्छ? यहि प्रश्नको जवाफ छर्लङ पार्ने प्रयास ‘जामुनको रुख’ नाटकमा देख्न सकिन्छ।

सरकारी कार्यालयअघि चौर नै ढाक्ने गरी बुढो जामुनको रुख ढल्दा हिड्दै गरेको एक युवकलाई थिच्छ। काम गर्दै आएका माली र कुचिकारले उक्त दृश्य देख्ने वितिक्कै आत्तिएर हाकिमलाई सुनाउँछन्। हाकिम रुखमुनि छट्पटाइरहेको युवकको उद्वार गर्नुभन्दा जामुन फल अब खान नपाइने भन्दै बिलौन गर्न थाल्छन्।

सरकारी रुख भएकोले यसलाई माथिल्लो निकायमा लैजानु पर्छ भनी उनी फाइल लगेर देखाउँछन्। बाणिज्य विभाग यो रुख ढलेको केश रहेछ भनी कृषि विभागमा उक्त पाइल पेस गराउँने आदेश दिन्छ। कृषि विभागमा दिउँसै निदाइरहेका हाकिमका अघि पुगेको फाइलको अर्थ रहदैन्।

रुखमा च्यापिएका युवक आफू बाच्न पाउछु भन्ने नलागेपछि भन्छन्, ‘सब ठीक हुनेछ। आगो खरानी हुनेछ, खरानी ढुवानी हुनेछ, श्वास रहुन्जmे मोज हुनेछ, श्वास उठेपछि भोज हुनेछ...।’ उनको चित्कारलाई पत्रकारको एक जमातले कवि भनेर समाचार फैलाउँछन्। मर्न लागेको युवक कवि रहेको थाहा पाई संस्कृत विभागका कर्मचारी आफ्नो एकेडेमीमा सदस्यता लिने भए जीवन विमा गराईदिने तर्क गर्छन्।