बिहीबार, चैत्र २०, २०७६

‘गली ब्वाय’ ले १२ वटा विद्यामा जित्यो फिल्मफेयर अवार्ड 

काठमाडौं, फागुन ५ : भारतको आसाममा सम्पन्न ६५ औं फिल्म फेयर अवार्ड ‘गल्ली ब्वाय’ ले जितेको छ । भारतको आसाममा आयोजित ६५ औं फिल्म फेयर अवार्ड ‘गल्ली ब्वाय’ ले जितेको छ ।

फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट सर्पोटिङ रोल, उत्कृष्ट म्युजिक एल्बम, उत्कृष्ट गीत, उत्कृष्ट स्क्रिनप्ले, उत्कृष्ट डायलगको विधामासहित १२ वटा अवार्ड आफ्नो पोल्टोमा पार्‍यो ।  एक र्‍यापरको कथामा आधारित फिल्म ‘गली बोय’ बाट उत्कृष्ट नायकको अवार्ड रणविर सिंहले पाए भने उत्कृष्ट अभिनेत्री आलिया भट्ट भइन्। क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘साँढ कि आँखे’बाट भुमि पेडनेकर र तापसी पन्नुले पाइन्।

उत्कृष्ट डेब्यु डायरेक्टर ‘उरीः द सर्जिकल स्ट्राइक’का आदित्य धर भए भने बेस्ट डुब्यु एक्टर ‘मर्दको दर्द नही होता’ फिल्मबाट अभिमन्यु दसानीले पाए। बेस्ट डेब्यु एक्ट्रेस अनन्या पाण्डे, बेस्ट ओरजिनल स्टोरी आर्टिकल १५ बाट अनुभव सिन्हा र गौरव सोलंकीले पाएका थिए। उत्कृष्ट डेब्यु डायरेक्टर ‘उरीः द सर्जिकल स्ट्राइक’का आदित्य धर भए भने बेस्ट डुब्यु एक्टर ‘मर्दको दर्द नही होता’ फिल्मबाट अभिमन्यु दसानीले पाए।

बेस्ट डेब्यु एक्ट्रेस अनन्या पाण्डे, बेस्ट ओरजिनल स्टोरी आर्टिकल १५ बाट अनुभव सिन्हा र गौरव सोलंकीले पाएका थिए। गुवाहाटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा आयोजना भएको कार्यक्रमलाई विक्की कौशल र करण जोहरले होस्ट गरे ।

 Published Date: Monday, 17th February 07:04:22 AM