सोमबार, मंसिर २३, २०७६

बलिउडमा यी ७ फिल्मले तोडे बक्स अफिसको रेकर्ड

काठमाडौं, मंसिर १७ : बलिउडका लागि सन २०१९ निकै फलिफाप सिद्ध भएको छ । कतिपय फिल्मले त बक्स अफिसको कलेक्सनलाई लिएर पुराना सारा रेकर्ड तोडेका छन् । यो वर्ष कतिपय फिल्मले १०० करोडभन्दा बढी कलेक्सन गरे, कतिले २०० करो त कतिले ३०० करोडको आँकडालाई पार गरेका छन् ।

सय, दुई र तीन सय करोड कलेक्सन गर्ने फिल्म केबल ठूलो बजेटका नभएर मझौला लगानीका पनि रहेका छन् । यहाँ त्यस्ता सात फिल्मको सूची प्रस्तुत गरिएको छ जसले सन २०१९ मा सबैभन्दा बढी कलेक्सन गरेका थिए । यस वर्ष सबैभन्दा बढी कलेक्सन फिल्म ‘वार’ले गरेको छ । वारले ३१७.६७ करोड कलेक्सन गरेको आँकडा बाहिर आएको छ । त्यस्तै ‘’कबीर सिंह’ ले २७८.२४ करोड कलेक्सन गरेको रिपोर्ट बाहिरिएको छ ।

तेस्रो नम्बरमा फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ परेको छ, जसको कमाई २४५.३६ करोड रहेको छ । फिल्म ‘भारत’ले २११.०७ करोड कलेक्सन गरेको रिपोर्ट बाहिरिएको छ । पाँचौ नम्बरमा फिल्म ‘मिशन मंगल’ परेको छ । यसको कमाई २०२.९८ करोड रहेको छ । फिल्म ‘हाउसफुल’ले १९३ कारोड कलेक्सन गरेर रेकर्ड बनाएको छ ।

सातौं नम्बरमा कमाउने फिल्मको सूचिमा ‘केसरी’ दर्ता भएको छ । यसको कलेक्सन १५४.४१ करोड रहेको मिडिया रिपोर्टले देखाएको छ । फिल्म वारमा ऋतिक रोशन र टाइगर श्राफको एक्शन निकै चर्चित मानिन्छ । कबीर सिंह फिल्मको कहानी रुचाइएको थियो । उरी द सर्जिकल स्ट्राइकले देशभक्तिको सन्देशसहित सालको सुरुवात राम्रो गरको मानिन्छ ।

 Published Date: Tuesday, 3rd December 08:07:51 AM