बिहीबार, चैत्र २०, २०७६

बलिउड अभिनेत्री अनुष्का र विराट पदयात्रामा

बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति क्रिकेटर विराट काेहली। | तस्वीर:अनुष्का शर्माकाे ट्वीटरबाट

काठमाडौं, कात्तिक १९ : बलिउड अभिनेत्री अनुष्का शर्मा पति क्रिकेटर विराट कोहलीसँगै पदयात्रामा निस्केकी छन्।

यतिवेला श्रीलंकाको टोली भारतमा क्रिकेट खेल्दै छ। भारतीय टोलीका नियमित कप्तान विराटले छुट्टी लिएपछि रोहित शर्माले नेतृत्व गरिरहेका छन्।

विराट भने अनुष्कासँगै भुटान पुगेका छन्। अनुष्काले भुटानमा पदयात्रामा निस्केको तस्बीर सार्वजनिक संजालमार्फत सार्वजनिक गरेकी छन्।